बजारमा देखिएको चिनी अभाव हटाउन भारतसँग कूटनीतिक पहल जारी

काठमाडौं । बजारमा चाडवाडको मुखैमा चिनीको हाहाकार छ । भारतले चिनी निर्यातमा गरेको कडाइका कारण समस्या भएको र त्यसका लागि सरकारले कुटनीतिक पहल गरिरहेको जिकिर गरेको छ ।
तर बजारमा महँगोमा चिनि विक्रि गर्नका लागि सरकारले निर्यातमा ध्यान नदिदा चिनीको हाहाकार भएको उपभोक्ताहरुले बताईरहेका बेला सरकारले भने भारतसँग कुटनीतिक पहल जारी राखेको बताएको छ ।
संसद्को कृषि समितिमा उद्योग मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले भारतसँग कूटनीतिक लबिइङसँगै स्वदेशका किसानलाई प्रोत्साहन गर्ने विकल्पमा कुरा भइरहेको जनाए ।
नेपालमा वार्षिक तीन लाख टन चिनीको माग रहे पनि उत्पादन साढे एक लाख टन हाराहारीमा छ । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि समस्या देखिएको मन्त्रालयको भनाइ छ ।
स्वदेशी उत्पादनको चिनी सकिएको र भारतलगायतबाट आयात हुने चिनी नआएका कारण बजारमा चिनीको अभाव भएको व्यापारीहरुले बताएका छन् ।
गत वर्ष नेपालमा ११ वटा चिनी मिलले मात्रै उखु क्रसिङ गरेर चिनी उत्पादन गरेको नेपाल चिनी उत्पादक संघले जनाएको छ । ति उद्योगमार्फत एक लाख २० हजार मेट्रिकटन चिनी उत्पादन भएकोमा धेरै मिलले चिनी बिक्री गरिसकेको र भारतबाट चिनी अयात हुन नसक्दा समस्या परेको संघका महासचिव राजकुमार अग्रवालले बताएका छन् ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया