जाँदाजाँदै उपकुलपति बास्कोटाको सुझाव : प्रधानमन्त्रीलाई कुलपति बनाउनु हुन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले प्रधानमन्त्रीलाई विश्वविद्यालयको कुलपति बनाउन नहुने बताएका छन्।
बुधवार आफ्नो ४ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित कार्यक्रममा बास्कोटाले विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्रीलाई कुलपति बनाउने प्रावधान उपयुक्त नभएको बताएका हुन् । उनले शैक्षिक व्यक्तित्वलाई खुला प्रतिष्पर्धाबाट विश्वविद्यालयको कुलपति नियुक्त गर्नुपर्ने प्रस्ताव गरे।
‘विश्वविद्यालयका लागि समय दिन नसक्ने भएकाले प्रधानमन्त्री नै कुलपति हुने व्यवस्था हटाई विश्वविद्यालयमा स्थापित भइसकेको ट्रष्टको प्रावधानको व्यवस्था गरी विशेषज्ञता हासिल गरिसकेको शैक्षिक व्यक्तित्वलाई खुल्ला प्रतिष्पर्धाबाट कुलपति नियुक्त गर्ने प्रावधानको विकास गरिनुपर्दछ,’ बास्कोटाले भने ।
उपकुलपति बास्कोटाले उच्च शिक्षाका लागि बजेटमा उल्लेख्य वृद्धि गरी २० देखि २५ प्रतिशतसम्म पुर्याउनुपर्ने बताए। हाल उच्च शिक्षाका लागि सरकारले १० प्रतिशतको हाराहारीमा बजेट विनियोजन गरेको छ।
‘उच्च शिक्षामा राज्यले विनियोजन गर्दै आएको १० प्रतिशतको हाराहारीको बजेटलाई उल्लेख्य वृद्धि गरी सार्क मुलुकहरु सरह कम्तिमा २० देखि २५ प्रतिशतको हाराहारीमा पुर्याउनुपर्ने र त्यसैगरी अनुसन्धान तथा विकास बजेटमा पनि सोही अनुपातमा वृद्धि गरी विश्वविद्यालयलाई अनुसन्धानमुखि विश्वविद्यालयमा रुपान्तरण गरिनुपर्ने।’
उपकुलपति बास्कोटाले विश्वविद्यालयलाई कुनै पनि राजनीतिक संगठनको आवरणमा बन्द गर्ने काम सदाको लागि अन्त्य गर्नुपर्ने, जनसंख्याको आधारमा विश्वविद्यालयको संख्या निर्धारण गर्न ढिलाई गर्न नहुने, भएका विश्वविद्यालय आर्थिक संकटमा गुज्रिरहेकाले थप विश्वविद्यालय खोल्दै जाने काम गर्न नहुने समेत बताए।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
प्रतिक्रिया