तिहारपछि के फेरिँदैछन् मन्त्रीहरु ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक सरकारको नेतृत्व सम्हालेको दश महिना पुगेको छ । सरकारका काम अझ बढी प्रभावकारी बनाउने र सरकारमा रहेर राम्रो काम गरेका मन्त्रीलाई उर्जा भर्ने र काम देखाउन नसकेका मन्त्रीहरु फेरेर अर्काे मन्त्री ल्याउने विषयमा पारम्भिक छलफल शुरु भएको छ ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र सत्तासिन रहेको प्रमुख सहयात्री दल कांग्रेसभित्रै मन्त्री फेर्नेबारे छलफल छ । तर प्रधानमन्त्रीको इच्छाले मात्रै मन्त्रि हेरफेरको सम्भाबना रहने हुन्छ ।
सोही कारण प्रधानमन्त्रीलाई मन्त्रीहरु हेरफेरका लागि आफनो पार्टीबाट मात्र होइन, कांग्रेसबाट पनि ‘प्रेसर’ पर्न थालेको छ । दशैं अगाडीसम्म दशैंपछि सरकार नै के हुन्छ ? यो सरकार ढले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने जस्ता प्रश्नहरु राजनीतिक वृत्तमा उठ्न थालेका थिए ।
तर सत्ता विरिक्तिन थालेको सत्ता गठबन्धनका नेताहरु फेरि सम्हालेर गठबन्धन अझ बलियो बनाउने करिव समझदारीमा पुगेपछि भने सत्ता गठबन्धन तत्काल नटुटने विश्लेषण राजनीतिक बृतमा देखिएको छ । त्यसमाथी पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पका कारण भएको क्षतिले पनि सरकारलाई आइपर्नसक्ने सत्ता संकट टरेको छ ।
कोशीमा विथोलिएको सत्ता गठबन्धनको राजनीति फेरि सम्हालिन थालेपछि भने गठबन्धन तत्काल केही नहुने देखिएको छ । जसकाकारण पनि प्रधानमन्त्री प्रचण्ड ढुक्कै देखिएका छन् । तर प्रधानमन्त्रीमाथी अब तिहार पछि या मंसिर ११ मा सरकारको नेतृत्व सम्हालेको एक वर्ष पुगेकोमा मन्त्रीहरु अदलबदल गर्नुपर्ने, हेरफेर गर्नुपर्ने प्रेसर बढ्न थालेको छ ।
प्रधानमन्त्री प्रचण्ड समेत मन्त्रीहरुको काम गराई हेरेर त्यसका आधारमा केही मन्त्रीहरु हेरफेर गर्न सकिने बुझाईमा पुगेका छन् । तर उनले यसबारेमा औपचारिक मुख भने खोलेका छैनन । गठबन्धन दलभित्रकै पार्टीहरुको प्रेसरका कारण पनि प्रधानमन्त्रीले तिहार पछि या सरकारको एक वर्ष पुग्ने पुस ११ आसपाससम्म सरकारका केही मन्त्रीहरु हेरफेर गरेर अगाडी जाने तयारीमा देखिएका छन् ।
खासगरी सत्ता गठबन्धनभित्र अर्थ मन्त्री र गृहमन्त्री पार्टीहरुकै बीचमा फेरबदल गर्नुपर्ने मतहरु पनि उठ्न थालेको छ । अर्थ माओवादी र गृह कांग्रेसलाई साट्नुपर्ने गरी गठबन्धनभित्रका केही नेताहरुले आवाज पनि उठाउन थालेका छन् ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले गठबन्धनभित्र छलफल गरेर आवश्यक परे पूर्नविचार गर्न सकनिे आश्वासन कांग्रेसका नेताहरुलाई दिएको बालुवाटार स्रोत बताउँछ ।
‘प्रधानमन्त्री मन्त्रीहरुका पर्फमेन्स हेरेर केही हेरफेरको सोचमा हुनुहन्छ । सत्ता गठबन्धन दलभित्रै बाट पनि सरकारको वर्ष दिन आसपास या तिहारपछि केही मन्त्रीहरु हेरफेर गर्नुपर्ने गरी प्रेसर आउन थालेको छ,’ प्रधानमन्त्री निकट बालुवाटार स्रोतले भन्यो–‘उस्तै परे तिहार र छट पछि प्रधानमन्त्रीले केही मन्त्रीहरु हेरफेर गर्न सक्नुहुन्छ । त्यो प्रधानमन्त्रीको अधिकारको कुरा भयो ।’
















EU warns Spain’s migrant regularization must not affect block
स्कोडा कायलाक नेपालमा सार्वजनिक
उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र छात्रा पुरस्कृत
PM Karki to present Film Bill at NA meeting today
Jeep driver dies, three receive injury in accident
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया