छठ पूजामा माटाको भाँडा बिक्री बढ्यो

खजुरा (बाँके) । ब्रतालुले छठपर्व मनाउन नेपालगञ्जको बागेश्वरी मन्दिरस्थित तालको सरसफाइ गरी आफ्ना लागि पूजास्थल सुरक्षित गरिसकेका छन् । घाटको सरसफाइ, सजावट गरी झकिझकाउ बनाइएको छ ।
छठ पर्वमा माटोका भाँडाको माग अत्याधिक बढेको छ । यहाँको उत्पादनसँगै केही भारतीयसमेत नेपाली बजारमा छठका लागि विभिन्न सामग्रीको बिक्री बढेको छ ।
सीमावर्ती बजारमा भारतीय माटाका भाँडा र भित्री बजारमा स्थानीय उत्पादन भएका माटोको भाँडाको कारोबार बढेको हो ।
नेपालगञ्जको फुल्टेक्रा, एमपीस्कुलरोड, रानीतलाउ, रामनगर, बुलबुलिया, लोधइगाउँ, पुरैनी गाउँ तथा टोलका कुमाल समुदायले माटोका विभिन्न भाँडा तयार गरेर बिक्री गर्दै आएका छन् ।
यस्ता पर्वमा भाँडा माटोकै प्रयोग गरिने प्रचलनले तिहार र छठ पर्वमा माटाका भाँडा बनाउने कुमाले जातिको पेसा फस्टाएको व्यापारी बताए । छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, भुर्का भुर्की, जातो, माटोको हात्ती, ढकनालगायतका भाँडाको बिक्री बढेको अवधि सांस्कृतिक प्रतिष्ठान नेपालका अध्यक्ष विष्णुलाल कुमालले बताए ।
उनका अनुसार अहिले तिहार र छठ पर्वमा पूजापाठ गर्नका लागि माटोको भाँडाको बिक्रीवितरण बढ्छ भने छठपर्व पछि आउने कार्तिक पूर्णमासी मेलाका लागि बालबालिकालाई खेल्नका लागि विभिन्न माटाका खेलौनासमेत तयार गरिन्छ । अहिले चाडपर्वका बेला माटाका भाँडाको राम्रो व्यापार हुने गर्दछ ।
नेपालगञ्ज–६ का आशाराम कुमालले माटोका भाँडा बिक्री गर्दै भने, “पहिले हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य स्टिलका भाँडाको प्रयोग बढेपछि हाम्रो पेसा न सङ्कटमा पर्न थालेको छ ।” चाडपर्वमा कलश, गमला, दियोलगायतका माटोका भाँडा बढी बिक्रीवितरण हुने गरेकामा सबैभन्दा बढी तिहारमा माटोको दियो र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको आशाराम कुमालले बताए । उनका अनुसार वर्षभरि रित्तो हात बस्ने र यो यामको समयमा मात्रै थोरबहुत आम्दानी हुने गर्दछ ।
















कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया