कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, १७ जना घाइते

धनगढी । कैलालीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन् ।
सोमबार साँझ भीमदत्त राजमार्गअन्तरगत गोदावरी नगरपालिका-४ मा से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको र १७ जना घाईते भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिक रहेकि छन् । बिकको घटनास्थलमै मृत्यु भएको हो ।
घाइते सबै डोटीको जोरायल गाउँपालिका क्षेत्रका रहेको र उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको धनगढीको सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।
तिहार मनाएर पहाडी जिल्लाबाट तराई फर्किनेहरुको भीडभाडका कारण सार्वजनिक गाडीमा सिट नपाएर उनीहरु मिनी ट्रकमा आएको हुनसक्ने प्रहरीले जनाएको छ । दुर्घटनापछि मिनी ट्रक चालक फरार भएका छन् ।
















डलरमा गिरावटको बावजुत अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि
फोटोनको धनगढीमा क्षेत्रीय ग्राहक भेटघाट कार्यक्रम सम्पन्न
Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
प्रतिक्रिया