प्रधानमन्त्रीले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् ।
आज दिउँसो दुई बजे प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा अर्थतन्त्र चलायमान बनाउने विषयमा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दैछन् ।
यसै विषयमा सोमबार प्रधानमन्त्रीले अर्थ मन्त्रालय, राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री, सचिव तथा अन्य सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरेका थिए । सोही छलफलले निजी क्षेत्रसँग पनि छलफल गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्रीको ११ महिने कार्यकालमा अर्थतन्त्रमा देखिएको सुधार र विद्यमान चुनौतीहरुबारे समीक्षाका लागि छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले बताए ।
यो बैठकपछि प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकारले गर्ने केही ठोस नीति तथा कार्यक्रमहरु घोषणा गर्ने अपेक्षा गरिएको छ ।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
प्रतिक्रिया