आइतबार, वैशाख २७, २०८३

बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीचको छलफल सुरु

मेरोन्यूज २०८० मंसिर ५ गते १९:३४

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस, एमाले र माओवादी केन्द्रका प्रमुख तीन नेताका बीच छलफल सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको निम्तोमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली छलफलका लागि बालुवाटार पुगेका थिए । केही बेर अगाडी देखि मुख्य तीन नेताको छलफल सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Advertisement
NiccNicc

विस्तृत शान्ति सम्झौताको १७ वर्ष पूरा भएको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले डाकेको तीनदलीय शीर्ष बैठकका लागि उनीहरु प्रधानमन्त्रीको सरकारी निवास पुगेका हुन् ।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा संक्रमणकालिन न्यायका विषय अब टुंग्गो लगाउने विषयमा आगामी दिनको योजना बनाउन प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीका बीचमा छलफल सुरु भएको हो ।

प्रतिक्रिया