तिनकुनेमा विरोध प्रदर्शन नहुने,स्थान परिवर्तन गरियो

काठमाडौँ । काठमाडौँको तिनकुने क्षेत्रमा विरोध प्रदर्शन नहुने भएको छ ।
काठमाडौ जिल्ला प्रशासनले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रभाब पर्ने भएका कारण त्यस क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिने छलफल गरेको हो ।
राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानका सह(प्रवक्ता) राजाननद माण्डव्यका अनुसार तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा सुरक्षा दिन असहज हुने हुदाँ अन्य स्थानमा कार्यक्रम गर्न काठमाडौ जिल्ला सुरक्षा निकाय संग शुक्रबार साझ छलफल भएको आधिकारीक सुचना फेसबुक मार्फत जानकारी दिएका छन् । उक्त छलफल पश्चात् काठमाडौ गौशाला स्थित जय बागेश्वरी पछाडीको चौरमा आमसभा गर्न सहमति जनाईएको हो ।
उनले फेसबुकमा यस्तो लेखेका छन्, ‘आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उदेश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमती गरिएको छ। आदरणीय सम्पूर्ण अभियान्ता, संघसंस्था र सहयोगी दाजुभाई, दिदिबहिनी, आमाबुबा लगायतलाई एसै सुचना मार्फत आफुहरु कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछु,’।

















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया