दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा परेको रिट फिर्ता

काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन्।
मंसिर ८ मा उनका तर्फबट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई सरकारले नजरबन्दमा राखेको भन्दै रिहा गर्न माग गरेर सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए ।
तर सोही दिन गृहमन्त्रीको सचिवालयले उनलाई नजरबन्द नगरिएको प्रष्टिीकरण दिएको थियो भने प्रसाईले घरभित्रै पत्रकार सम्मेलन गर्ने देखि ९ गते शनिबार काठमाडौंको सिफलमा आफैं पुगेर सम्वोधन समेत गरेका थिए ।
त्यसपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका वरिष्ठ अधिबक्ता भण्डारीले निवेदन फिर्ता लिएका हुन् ।
‘सरकारले उहाँलाई छाडिसक्यो, त्यसो भएकाले अब बन्दीसम्बन्धी रिटको प्रयोजन समाप्त भएकाले आज निवेदन दिएर फिर्ता लिइसक्यौँ’, वरिष्ठ अधिवक्ता भण्डारीले भने।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया