आइतबार, वैशाख २७, २०८३

दुर्गा प्रसाईंको प्रदर्शनमा गएका आचार्य श्रीनिवास पक्राउ

मेरोन्यूज २०८० मंसिर ११ गते १६:०२

काठमाडौं । दुर्गा प्रसाईंको नेतृत्वमा सोमबार गौशालामा भएको प्रदर्शनमा सहभागी भएर उग्र अभिव्यक्ति दिएपछि विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासलाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement
NiccNicc

गेरुवस्त्रमा त्रिसुलसहित आएर उग्र अभिव्यक्तिसँगै सडक अबरुद्ध पार्न खोजेपछि प्रहरीले लगत्तै उनलाई पक्राउ गरेको हो ।

प्रहरीले श्रीनिवाससहित अन्य १० जनालाई पनि पक्राउ परेको छ ।

काठमाडौं प्रहरी प्रमुख भूपेन्द्र खत्रीले श्रीनिवासले आन्दोलन भड्काउने गरि अभिब्यक्ति दिएपछि उनलाई नियन्त्रणमा लिइएकोब ताए । ‘उनीमात्रै होइन, १० जनालाई पक्राउ गरिएको छ,’ खत्रीले भने ।

श्रीविासले धर्मका बारेमा बेलाबेला विवादास्पद अभिब्यक्ति दिादै आएका छन् । उनले सोमबार पनि त्यस्तै विवादास्पद अभिब्यक्ति दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया