बिहीबार, माघ २२, २०८२

प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा

मेरोन्यूज २०८० मंसिर १२ गते १५:१६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा सिंहदरबार पुगेका छन्।

मंगलबार दिउँसो माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उनीहरूबीच समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

सो अवसरमा उनीहरूबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो । अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए ।

प्रतिक्रिया