एनआरएनए निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ ।
एनआरएनए आरके समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ ।
सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,विश्वसनियता, तटस्थता र सुदृढीकरणका पक्षमा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको स्पष्ट गर्दै निर्वाचनपछि उत्पन्न विवादका सन्दर्भमा सम्बद्ध सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भनी गुनासो व्यक्त गरे।
सो समूहका बुद्धिसागर सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको सङ्घलाई अझ विश्वसनीय र सुदृढ तुल्याउन पुनः निर्वाचन हुनुपर्ने धारणा व्यक्त गरे ।
सो समूहले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै पहिलो पुस्ताका नेपालीलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । जाजरकोट भूकम्पका पीडितलाई यथासक्य राहत सहयोग उपलब्ध गराएको उल्लेख गर्दै एनआरएनएले आगामी दुई वर्षभित्र रु १० करोड राशीकोआपत्कालीन राहत तथा उद्धार कोष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
















‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया