आइतबार, वैशाख २७, २०८३

गृहमन्त्री श्रेष्ठ र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच भेटघाट

मेरोन्यूज २०८० मंसिर १२ गते १८:२७

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन्।

Advertisement
NiccNicc

प्रदेशहरुको संस्थागत सुदृढीकरण र बलियो संघीयताका लागि प्रदेश प्रहरी समायोजन प्रक्रिया छिटो टुङ्ग्याउनुपर्ने बताउँदै गृहमन्त्री श्रेष्ठलाई उहाँहरुले ध्यानाकर्षण पत्र समेत बुझाउएका छन् ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकार संविधानत: प्रदेशहरुलाई अधिकार सम्पन्न र संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन एवम् कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए। सरकारको नीति कार्यक्रममा नै यो विषय उल्लेख भएकोले सन्दर्भमा सरकार संवेदनशील रहेको उनले बताए ।

भेटघाटमा आन्तरिक मामिला मन्त्रीका रूपमा वाग्मतीका गंगानारायण श्रेष्ठ, मधेसका मोहम्मद समिम, लुम्बिनीका सन्तोषकुमार पाण्डे, कर्णालीका कृष्ण बहादुर जि।सी। तथा सुदुरपश्चिममा शिवराज भट्ट सहभागी थिए भने गण्डकीकी उर्जामन्त्री सरस्वती अर्याल तिवारी र कोशीका बिना विभागीय मन्त्री शमशेर राई प्रतिनिधिका रूपमा सहभागी थिए ।

प्रतिक्रिया