आइतबार, वैशाख २७, २०८३

कोप–२८ मा भाग लिन प्रधानमन्त्री आज दुबई जाँदै

मेरोन्यूज २०८० मंसिर १३ गते ७:५९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) यूएई प्रस्थान गर्दै छन् ।

Advertisement
NiccNicc

बिहीबारदेखि दुबईमा सुरु हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप–२८)मा भाग लिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल यूएई जान लागेको हो।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल आज बेलुका साढे ९ बजेको जहाजमार्फत यूएई प्रस्थान गर्ने छ ।

प्रधानमन्त्री प्रचण्डले भ्रमणका अवसरमा सम्मेलनमा सहभागी विभिन्न मुलुकका राष्ट्रप्रमुख,सरकार प्रमुखका साथै अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ।

कोप सम्मेलनमा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्याबारे कुरा उठाउने तयारी गरेको छ।

प्रतिक्रिया