बुधबार, माघ २१, २०८२

युएई उड्नुअघि प्रधानमन्त्री प्रचण्डले भेटे राष्ट्रपति

मेरोन्यूज २०८० मंसिर १३ गते १७:१२

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार शीतल निवासमा राष्ट्रपतिलार्इ भेटेका हुन् ।

सो अवसरमा राष्ट्रपति पौडेलले सम्मेलनमा जलवायु परिवर्तन, हिमाल बचाउ र चुरे संरक्षणका बारेमा प्राथमिकताकासाथ विश्व समुदायको ध्यानाकर्षण गराउन र त्यसबाट नेपालले लाभ लिने परिस्थिति सृजना गर्नसमेत प्रधानमन्त्री दाहाललाई सुझाव दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया