पहिचानका नाममा जनतालाई विभाजन गर्ने काम भइरहेको छ : ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पहिचानका नाममा जनतालाई विभाजित गर्न खोजिएको बताएका छन् ।
झुलाघाट–चिवाभञ्ज्याङ ‘संकल्पयात्रा’का क्रममा बिहीबार बैतडीको गोठलापानीमा आयोजित पहिलो दिनको सभामा उनले पहिचानको मुद्दा सबैभन्दा बढी एमालेले सम्बोधन गरेको जिकिर गरे ।
‘संविधानमै समानुपातिक समावेशिताको सिद्धान्त सामेल गरेका छौं । पहिचानको राजनीति भनेको हिंसा फैलाउने, अराजकता र आतंक मच्चाउने हुन सक्दैन । यो देशलाई अनेकतामा लाने कुरा हो, एकताबद्ध हुन नदिने कुरा हो ।’ उनले भने ‘आज देशमा लोकतान्त्रिक प्रणाली छ । यसमा गम्भीर समस्या आइरहेका छन् । लोकतान्त्रिक प्रणालीको उचित सम्बोधन हुन सकेको छैन ।’
एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरु तयार नभएको बताएका छन् ।
‘हामी पछाडी फर्किन सक्दैनौँ। फेरि रैती हुन सक्दैनौँ। जन्मिदै कोही राजा हुन जन्मिन्छ कोही दास हुन जन्मिन्छ भनेर मान्दैनौँ,’ उनले भने, ‘अब गरिबी अन्त्य हुनैपर्छ, त्यो काम सरकारको हो।’
उनले आफू सरकारबाट बाहिरिएको अढाई वर्षमा देशको अर्थतन्त्र ओरालो लागेको बताए ।
















इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
कांग्रेस कार्यवाहक मुख्य सचिवमा दुलाल
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया