नक्कली शरणार्थी प्रकरण : उच्च अदालतमा सुनुवाइ सकियो, आदेश भोलि आउने

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध परेको निवेदनमा उच्च अदालत पाटनले शुक्रबार आदेश सुनाउने भएको छ।
मंसिर ५ गतेदेखि जारी ७३ नम्बर निवेदनको सुनुवाइ सकेर शुक्रबार आदेश सुनाउने तयारी उच्च अदालतले गरेको हो।
उच्च अदालत स्रोतले भन्यो, ‘आज करिब बहस सकिएको छ। भोलि आदेश सुनाउने गरी तयारी गरेका छौँ।’
उच्च अदालतका एक अधिकारीका अनुसार निवेदनहरुमाथिको सुनुवाइ बिहीबार ‘हेर्दाहेर्दै’मा राखिएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्नको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझी, इन्द्रजित राई, तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलगायत २० जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएका थिए ।
उनीहरुले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश त्रुटिपूर्ण रहेको भन्द उच्च अदालतमा पुनरावेदन गरेका थिए ।
















स्वदेश फर्किए राष्ट्रपति पाैडेल
गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया