आइतबार, वैशाख २७, २०८३

देउवाको गृहजिल्ला पुगेर ओलीले ‘जय नेपाल’ भन्दै गरे देउवालाई फोन

मेरोन्यूज २०८० मंसिर १५ गते ९:००

डडेलधुरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यतिबेला डडेलधुरामा छन् । डडेलधुरा कांग्रेसका सभापति शेरवहादुर देउवाको गृहजिल्ला हो । जाहाँबाट देउवाले निरन्तर चुनाव जित्दैं आईरहेका छन् ।

Advertisement
NiccNicc

झुलाघाट–चिवा भञ्ज्याङ मध्यपहाडी संकल्प यात्रामा निस्किएका एमाले अध्यक्ष ओली त्यही अभियानका क्रममा डडेल्धुरा पुगेका हुन् ।

डडेलधुरा पुगेर ओलीले कांग्रेस सभापति देउवालाई टेलिफोन सम्पर्क गरेका छन्। ओलीले देउवासँग टेलिफोनमा वार्तालाप गरिरहेको भिडिओ सामाजिक सञ्जालमा साझा गरेका छन्।

‘सुन्दर डडेल्धुरा ११, मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो,’ ओलीले सामाजिक सन्जालमा लेखेका छन्, ‘उहाँले आफू काठमाडौँमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी१’

डडेल्धुराको अमरगढीमा बास बसेका ओली शुक्रबार डोटीको सिलगढीका लागि निस्किनेछन्। डडेल्धुराको अमरगढीमा ओलीले कार्यकर्तासँग भेटघाट गर्ने तय भएको छ।

‘ठूलो आमसभा तोकिएको छैन। यहाँ उपलब्ध कार्यकर्तासँग भेटघाट गरेर सिलगढीतर्फ जाने कार्यक्रम छ,’ एमालेका नेता दामोदर भण्डारीले भने।

प्रतिक्रिया