राति जहाजबाट उपत्यका हेर्दा उज्यालो देखिने सहर ललितपुर हुनेछ : चिरीबाबु

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने बताएका छन्।
बिहीवार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले राति आकाशमा जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यहि ललितपुर हुने बताए ।
कुसुन्ती क्षेत्रमा सडक बत्ती नभएका कारण अहिलेसम्म २४ जनाको मृत्यु भएको र धोबीघाट क्षेत्रमा अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको उनले बताए।
उज्यालो नभएकै कारण मानिसहरूले अकालमा ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न महानगर लागिपरेको उनले बताए।
उनले महानगर क्षेत्रकै ७.९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने दावी गरे । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताए ।
















स्वदेश फर्किए राष्ट्रपति पाैडेल
गृहमन्त्री अर्यालसँग युएनओडिसी क्षेत्रीय प्रतिनिधिको शिष्टाचार भेट
प्रधानमन्त्री कार्की र श्रीलंकाकी नवनियुक्त राजदूत डेल्पिटियाबीच शिष्टाचार भेट
स्वास्थ्य बिमामा देखिएका समस्या समाधान हुन्छ : प्रधानमन्त्री कार्की
काठमाडौँको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
वर्षा गराउने प्रणाली फेरि सक्रिय हुँदै
प्रतिक्रिया