डडेल्धुराबाट ओलीले भने- हाम्रो पदयात्रा नसकिँदै प्रचण्ड नेतृत्वको सरकार ढल्न सक्छ
मेरोन्यूज
२०८० मंसिर १५ गते १३:०६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् ।
डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार चाँडै ढल्ने दाबी गरेका हुन् ।
‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ उनले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरूको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिँदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन् ।’
अध्यक्ष ओलीले अहिले पनि नेपालमा हिंसा र अस्थिरता मच्चाउन खोज्ने तत्वहरु सक्रिय भएको दाबी गरे।
ओलीले कांग्रेस प्रचण्ड पथमा लागेको भन्दै आलोचना गरे। उनले कांग्रेस अहिले प्रचण्ड पथको भरिया बनेको टिप्पणी गरे।
सम्बन्धित
















कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी
15 killed in collision between Greek coastguard vessel and migrant boat: police
कञ्चनपुरमा ५ हजारभन्दा बढी किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
Beni in Myagdi directly connected to New Delhi by bus service
एमाले उपाध्यक्ष थापाको आरोप : सरकार निर्वाचन सार्ने षडयन्त्रमा लाग्यो
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
प्रतिक्रिया