कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन
देउवामाथी युवा नेताहरुको घेराबन्दी !
सभापतिले अब प्रधानमन्त्री बन्दिन भन्नुपर्छ : विश्वप्रकाश शर्मा, शेरबहादुर दाइले अब बिदा लिने बेला भयो : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै पार्टीका युवा नेताहरुले घेराबन्दी शुरु गरेका छन् । पार्टीको लुम्बिनी प्रदेशको सम्मेलनको मञ्चलाई उपयोग गरेर पार्टीका युवा नेताहरुले सभापति देउवामाथी अब प्रधानमन्त्री बन्न नहुने, नेतृत्व युवालाई सुम्पेर बस्नुपर्ने भन्दै घेराबन्दी गरेका हुन् ।
कांग्रेसका युवा नेता चन्द्र भण्डारीले बोलेपछि आफु काठमाडौं फर्किन विमान उड्न लागेको भन्दै पहिल्यै बोलेर हिँडेका थिए । यधपी देउवाले आफुलाई भाषण गर्न नआउने भन्दै भण्डारीले लगाएको आरोपको भने जवाफ फर्काएका थिए ।
देउवाले आफु कम बोलेर धेरै काम गर्न खोजिरहेको र त्यसमा के हुन्छ हेरौं भन्दै आफुले अझै सरकारको नेतृत्व लिएर काम गर्न खोजेको आसयको सम्बोधन पनि गरेका थिए ।
‘कांग्रेसमा सम्मेलनहरूले पार्टीलाई बलियो बनाउनुछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ, पार्टीलाई एक बनाउन मेरो आग्रह छ, पार्टी बलियो भएमात्र सबै बलियो बन्ने हो ।’ देउवाले सम्बोधनका क्रममा भनेका थिए ।
उनले त्यसो भने पनि उनलाई पार्टीका दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता चन्द्र भण्डारीले चुनौति दिएका थिए ।
महामन्त्री विश्वप्रकाश शर्माले त सभापति देउवालाई अब प्रधानमन्त्री बन्ने आकांक्षा नै छोडनुपर्ने बताएका थिए ।
देउवाले आफैंले आफ्ना समकालीन वा नयाँ युवा पुस्तालाई प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने महामन्त्री शर्माले बताएका थिए ।
शनिबार पार्टीको लुम्बिनी प्रदेश सम्मेलनको उद्घाटन कार्यक्रममा शर्माले सभापति देउवा ५र५ पटक प्रधानमन्त्री बनिसकेकाले अब बन्न नहुने बताएका हुन् ।
‘आदरणीय सभापतिले ५र५ पटक त बनिसक्नुभयो, बाँकी यो सम्मेलनले दिएको राप, ताप र शुभकामना उहाँको शीरमा परोस्, प्रधानमन्त्री बन्ने कुरामा ल अघि बढ मेरा समकालीन साथीहरु या आउ कोही युवा भनेर भन्न सक्ने मनोविज्ञान सभापतिजीले भन्न सक्नुपर्छ’, महामन्त्री शर्माले भने ।
कांग्रेस सभापतिको शालीनता र सहृदयी भावनाका कारण त्यो दिन पनि आउने अपेक्षा गरेको महामन्त्री शर्माले बताएका थिए । शर्माले आफ्नो बोल्ने बेलामा सभापति देउवाका लागि भगवान गौतम वुद्धको आशिर्वाद माग्न चाहेको बताए ।
‘सभापति गइसक्नुभयो । नभए मैले सबैभन्दा बढी भगवान गौतम वुद्धको आशिर्वाद सभापतिको शीरमा माग्नेवाला थिएँ’, उनले भने, ‘‘भगवान गौतम वुद्धका थुप्रै कुरा छन्, तर एउटै कुरा थप पुगिदिन्छ भन्ने कामना गर्न खोज्दै थिएँ । त्यो भनेको के हो भने भगवान गौतम वुद्धले वुद्धत्व प्राप्त गर्नुभयो, सत्ताको कुर्सीमा एक पटक पनि नबसीकन ।’
केन्द्रीय सदस्य चन्द्र भण्डारीले सभापति देउवाको यो अन्तिम कार्यकाल भएकाले अब जोशिला युवाहरुलाई साथ दिनुपर्ने बताए ।
मञ्चमा नै रहेका महामन्त्रीद्वय थापा र शर्मातर्फ संकेत गर्दै उनले देउवालाई भने, ‘शेरबहादुर दाइको यो अन्तिम अन्तिम पटक हो, अब बिदा लिने बेला भयो, उहाँले यो मुलुक बनाइदिनुपर्छ, वरिपरि कोही छन् भने छोडिदिनुपर्छ, जोशिला युवाहरुको साथमा लागेर यो मुलुक बनाउनुपर्छ ।’
भण्डारीले अगाडि भने, ‘हामीले चलाएको गुटले न सरकार चलाउन सक्यो, न पार्टी चलाउन सक्यो, न सीमानाको रक्षा गर्न सक्यो ।’
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया