बुधबार, माघ २१, २०८२

विप्लवलाई पक्राउ पुर्जी जारी गर्नु गलत : प्रधानमन्त्री प्रचण्ड

मेरोन्यूज २०८० मंसिर १८ गते १८:११

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पादकहरूसँग कुराकानी गर्दै प्रचण्डले उनीहरुलाई पक्राउ पुर्जी जारी गर्नु गलत भएकाे बताए।

‘जे भयो गलत भयो । सरकारले विप्लवहरुसँग सम्झौता गरिसकेको छ । सहमति गरेर उनीहरु शान्ति प्रक्रियामा आइसकेका छन् । शान्तिपूर्ण राजनीतिमै भएको हुनाले उनीहरुलाई फेरि फर्काएर अप्ठ्यारो पार्न हुँदैन । सबै बुझेर थप कुरा पछि आउँछ’ प्रधानमन्त्रीले भने ।

उनले सो पक्राउ पुर्जीबारे छलफल भइरहेको पनि बताए।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको राज्यविरूद्धको कसुरमा विप्लवसहित अन्य ४ जना नेताविरुद्ध सोमबार ३५ दिने पक्राउ पुर्जी जारी भएको छ ।

प्रतिक्रिया