नेपालीलाई अवैधरुपमा रुसी सेनामा पठाउने १२ जना पक्राउ

काठमाडौं । नेपालले रुसी सेनामा जान रोक लगाएपनि अवैध बाटोबाट रुसी सेनामा पठाउने एक गिरोहलाई नै प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले रुसी सेनामा पठाउने गिरोह नै पक्राउ परेको पुष्टि गरे ।
‘नेपाली युवालाई रुसी सेनामा पठाउने गिरोहका केहीलाई पक्राउ गरिएको छ । एघार जना एकपटकमा र अर्काे एक जना एकपटक गरी अहिलेसम्म १२ जना पक्राउ परेका छन्,’ एसपी ढुंगेलले भने ।
अवैध रुपमा सरकारलाई समेत जानकारी निदई रुसी सेनामा गएका ६ नेपालीको मृत्यु भएपछि सरकारले अवैध रुपमा नेपाली युवा रुसी सेनामा पुगेको तथ्य थाहा पाएको थियो । त्यसपछि सरकारले त्यसरी रुसी सेनामा नेपालीलाई पठाउने हरुमाथी कडा निगारानी सुरु गरेको हो । त्यही क्रममा नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये ११ जना मंसीर १३ गते र एक जना सोमबार (१८ गते) पक्राउ परेका हुन् ।
उनीहरुविरुद्ध प्रहरीले अनुसन्धानका लागि म्याद थपसमेत गरिसकेको छ।
















नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया