आइतबार, वैशाख २७, २०८३

खाँणको निवेदन मंसिर २८ गते एकल इजलासमा सुनुवाइ हुने

मेरोन्यूज २०८० मंसिर २० गते १६:४२

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको निवेदनमा उच्च अदालत पाटनले मंसिर २८ गते सुनुवाइ गर्ने भएको छ।

Advertisement
NiccNicc

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुद्दामा खाँणको हकमा ३० लाख रुपैयाँ लिएर थुनामुक्त गर्ने कि थुनामै पठाउने भन्ने विषयमा दुई न्यायाधीशबीचमा राय बाझिएको थियो। जसकारण उनको मुद्धा तेस्रो न्यायाधीशको इजलासमा पठाउने निर्णय भएको थियो ।

उक्त निर्णयअनुसार मंसिर २८ मा तेस्रो इजलासमा पेसी तोक्ने अदालतले निर्णय गरेको हो।

अबको एकल इजलासमा सुनुवाइपछि न्यायाधीशले थुनामुक्त गर्ने यसअघिको आदेशलाई सदर गरे खाँण धरौटीमा छुट्ने छन् । यदि बदर गरेमा खाँण थुनामै रहनुपर्नेछ ।

प्रतिक्रिया