बुधबार, माघ २८, २०८२

वीरेन्द्रनगरको शिव सुन्दर स–मिलमा भीषण आगलागी

मेरोन्यूज २०८० मंसिर २१ गते ८:२६

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर स–मिलमा भीषण आगलागी भएको छ ।

देवीलाल पौडेलले सञ्चालन गरेको मिलमा आज बिहान ५ः३० बजे विद्युत्को तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगलागी भएको उक्त मिलमा काठका सामाग्रीहरू बनाउने करोडौँका मेसिनहरू रहेका थिए । उक्त मेसिनहरू जलेर ध्वस्त भएका छन् ।

नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया