एनआरएनएद्वारा परराष्ट्रमन्त्रीलाई ५ बुँदे ज्ञापनपत्र

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री एनपी साउदलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।
संघको तर्फबाट निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्धिसागर सुवेदी र कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले बिहीबार परराष्ट्रमन्त्रीलाई भेटेर विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन ।
ज्ञापनपत्रमा एनआरएनएका अध्यक्ष आरके शर्मा र महासचिव बुद्धि सुवेदीले हस्ताक्षर गरेका छन् ।
नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैर आवासीय नेपाली नागरिकहरुसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको महासचिव बुद्धिसागर सुवेदीले जानकारी दिए ।
उनका अनुसार हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको धेरै दिन भएको अवस्थामा उनको रिहाईका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ ।
यस्तै अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना ९रुस० मा भर्ना भएका र भर्ना भएकाहरु मध्य केही नेपालीको निधन भएका समाचारहरु अहिले सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापनपत्रमा यस विषयमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर भर्ना भएका नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ ।
यसैगरी मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी नै रहेकाले यसलाई बन्द गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ । यसको लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
यस्तै मध्यपूर्वमा अहिले सबैभन्दा ठूलो समस्याको रुपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापनपत्रमा उल्लेख छ । ‘अहिले पनि इराकमा झन्डै १२ हजार भन्दा बढी नेपालीहरु बस्दै आएकोमा अहिले त्यहाँ ६ सय भन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ । जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन् । यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौं । अझै सम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो घुम्ती टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं’, ज्ञापनपत्रमा भनिएको छ ।
यस्तै गैर आवासीय नेपाली नागरिकता वितरण भइरहेकोमा खुसी व्यक्त गरिएको छ भने अझै सहज तरिकाले पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘अहिले पनि कतिपय ठाउँहरुमा एनआरएन नागरिकताको अधिकारको विषयमा बुझाइमा एकरूपता आउन नसकेकाले सरकारी कार्यालयमा अप्ठेरो परेको कुराहरु हामीसँग आइरहेका छन । यस विषयमा पनि परराष्ट्र मन्त्रीज्यूको ध्यानाकर्षण गराएको कोषाध्यक्ष ढुङ्गानाले बताए ।
यस्तै हालै पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेर राजदूत सिफारिस गरिएकोमा नेपाल सरकारलाई हार्दिक बधाई ज्ञापन गर्दै माल्टा, रोमानिया,टर्की लगायत अन्य मुलुकहरुमा पनि राजदूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ । यस्तै माल्टा, रोमानिया,टर्की लगायतका देशमा नेपालीहरूको संख्या बढ्दै गएको र दूतावास नहुँदा राहदानी नवीकरण लगायतका कुराहरु अप्ठेरो परेको पनि जानकारी गराइएको छ । ती देशमा नेपाल सरकारले राजदूतावास स्थापना गर्ने निर्णय पनि गरिसकेको अवस्थामा कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन पनि अनुरोध गरिएको छ ।
आफुहरुले प्रवासमा रहेका नेपालीहरुको समसामयिक मागहरु लिएर पररास्ट्रमन्त्रीसँग भेट्दै ज्ञापनपत्र बुझाएको निबर्तमान अध्यक्ष रविना थापाले बताईन ।


















साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया