राप्रपा बैठक : पृथ्वी जयन्ती उत्सवका रुपमा मनाइने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमावली–२०८० लाई विधान मस्यौदा समितिमा पठाइ रायसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय कार्यालय धुम्बाराहीमा आज बसेको बैठकले आगामी पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको छ ।
बैठकले आसन्न राष्ट्रियसभाको निर्वाचनमा राप्रपा सहभागी हुने, यसका लागि अन्य दलसँग आवश्यक सहयोग जुटाउन संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न पार्टीका उपाध्यक्ष हेमजङ गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाडौँमा बस्ने छ ।
















साफ महिला च्याम्पियनसिप : आज बङ्गलादेशसँग भिड्दै नेपाल
Election policeperson dies after falling from a cliff
Prime Minister working to address public concerns related to health insurance
शरीर बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
President Paudel departs from Japan
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
प्रतिक्रिया