परराष्ट्रमन्त्री साउद कतार प्रस्थान, विपिन जोशीलाई छुटाउन पहल गर्ने

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान भएका छन् ।
उनी कतारमा डिसेम्बर १० अर्थात आइतबारदेखि सुरु हुन गइरहेको दोहा २१ औँ फोरम सम्मेलनमा सहभागी हुन शनिबार बिहान ७: ४५ बजे कतार एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान भएका हुन् ।
उनले उक्त फोरममा सहभागिता जनाउने क्रममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता भएका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने उनका स्वकीय सचिव दीपक जोशीले बताए।
उनले भने ‘मन्त्रीज्यू, दोहा सम्मेलनमा सहभागी हुन शनिबार बिहान कतार जानु भएको हो‘, उनले भने, ‘कतार रहँदा हुने उच्चस्तरीय भेटमा उहाँले इजरायलमा हमासले नियन्त्रणमा लिएका विपिन जोशीको रिहाइका लागि आग्रह गर्ने विषय अत्यन्तै प्राथमिकतामा राख्नुभएको छ।’
कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका छ।
मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइबारे कुरा गरेका थिए।
परराष्ट्रमन्त्री साउदले शुक्रबारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरूका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।
















धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया