बुधबार, माघ २८, २०८२

तत्कालीन अनुसन्धान अधिकृत बस्नेतविरुद्ध मुद्दा दर्ता

मेरोन्यूज २०८० मंसिर २४ गते १४:५०

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बस्नेतमाथि नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागमा जागिरमा नियुक्ती भएको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनले माध्यमिक शिक्षा परिषद्‍ क्षेत्रीय कार्यालय, प्रयागराज, भारतबाट जारी भएको हाईस्कुल तहको नक्कली (झुट्टा) प्रमाणपत्र पेश गरी राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिई बढुवासमेत भएको पाइएकाले आरोप पत्र दायर गरिएको हो ।

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६(१) बमोजिम कैद र जरिवाना हुन मागदावी लिई आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको थपलियाले बताए ।

प्रतिक्रिया