बुधबार, माघ २८, २०८२

संघीय संसदका महासचिव गौतमको राजीनामा स्वीकृत

मेरोन्यूज २०८० मंसिर २७ गते १४:४६

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत गरेका छन् ।

डा. गौतमले मंसिर २४ देखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

डा। गौतमले राजीनामा दिएपछि सभामुख देवराज घिमिरेले बुधबार सचिव पद्मप्रसाद पाण्डेलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिइसकेका छन् ।

यसअघि मंगलबार सभ्मुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सचिव पाण्डेयलाई महासचिवमा सिफारिस गरेका थिए ।

प्रतिक्रिया