पहिरोबाट ज्यान गुमाएका चालकको परिवारलाई राहत
मेरोन्यूज
२०८० मंसिर २८ गते ११:०६

रामपुर (पाल्पा) । पाल्पाको रामपुरमा सडक मर्मत गर्ने क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ ।
रामपुर नगरपालिका–१० टोक्से पलेङ क्षेत्रमा सडक मर्मत गर्ने क्रममा डोजर पुरिएर ज्यान गुमाएका चालक २४ वर्षीय धनविर खड्काको परिवारलाई नगरपालिकाले रु एक लाख सहयोग गरेको नगर प्रमुख रमणबहादुर थापाले जानकारी दिए । दाङको शान्तिनगर गाउँपालिका–१ नयाँबस्ती घर भएका खड्काकी श्रीमती पवित्रालाई नगरपालिले सो रकम प्रदान गरेको हो ।
गत असोज २२ गते बाटो मर्मत गर्ने क्रममा पहिरोले पुरिएर चालक खड्काको ज्यान गएको थियो । रामपुर नगरपालिकाले नगरभित्र भैपरी आउने घटना, आगलागी, बाढीपहिरो पीडित, असहाय तथा विपन्न परिवारलाई राहत रकम उपलब्ध गराउँदै आएको छ ।
सम्बन्धित
















प्रतिनिधिसभामा समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम
मुस्ताङको मुक्तिक्षेत्रमा फेरि हिमपात
पुराना दललाई रविको चुनौती : जो जो मिल्नु छ मिल, यो सुनामी रोकेर देखाऊ
साफ यु–२० च्याम्पियनसिपको खेल तालिका सार्वजनिक
सामाजिक सञ्जाल सम्बन्धी विधेयक फिर्ता लिने सरकारको निर्णय
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
माघ १८ गते आइतबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
माघ शुक्ल पूर्णिमा, आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
प्रतिक्रिया