आइतबार, वैशाख २७, २०८३

अशोकराज सिग्देल नेपाली सेनाको रथीमा बढुवा

मेरोन्यूज २०८० मंसिर २८ गते १७:२४

काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथी पदमा बढुवा गरिएको हो । 

Advertisement
NiccNicc

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता समेत रहेकी सहसचिव सेवा लम्साललाई सचिव पदमा नियुक्त गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया