बुधबार, माघ २८, २०८२

नेपाली सेनाले रिक्त पदका लागि माग्यो दरखास्त (सूचनासहित)

मेरोन्यूज २०८० मंसिर २९ गते ६:५६

काठमाडौं । नेपाली सेनाले रिक्त रहेका विभिन्न पदका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरूमा दरखास्त माग गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको नेपाली सेनाले आवेदन माग गर्न जारी गरेको सूचनामा उल्लेख छ ।
योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाईट www.nepalarmy.mil.np बाट अनलाईन दरखास्त फाराम भरी उम्मेदवार स्वयम्ले सो को हार्डकपी प्रिन्ट–आउट गरी भर्ना केन्द्रमा बुझाउने वा उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भर्ने र दरखास्त फाराममा रू. १०।– (दश) को टिकट टांसी दरखास्त पेश गर्न सकिने सेनाले जनाएको छ ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया