शनिबार, वैशाख २६, २०८३

७ महिनापछि रिहा भए बालकृष्ण खाँण

मेरोन्यूज २०८० मंसिर २९ गते १७:४०

काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाण थुनामुक्त भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट साधारण तारेखमा छाड्ने निर्णय भएसँगै खाण ७ महिनापछि थुनामुक्त भएका हुन् ।

Advertisement
NiccNicc

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त खाण वैशाख २७ गते पक्राउ परेका थिए । बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश गरेको थियो ।

मंसिर १५ गते न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा उनीसँग न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।

बिहीबार न्यायाधीश कृष्णराम कोइरालाले खाँणलाई ३० लाखमा छाड्न सहमत भएसँगै उनको रिहाइ प्रक्रिया सुरु गरिएको थियो ।

जिल्ला अदालत काठमाडौँमा धरौटी रकम बुझाएपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले उनीसँग १५ लाख धरौटी लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।

प्रतिक्रिया