अमेरिकाबाट ल्याइएको ५५ किलो गाँजा बरामद
मेरोन्यूज
२०८० मंसिर ३० गते १६:२०

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ किलो गाँजा बरामद भएको छ ।
शुक्रबार राति अमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको हो ।
उक्त गाँजा १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको थियो ।
भन्सार कार्यालयका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइन लागेको सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । यसै क्रममा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा उक्त गाँजा भेटिएको थियो ।
उक्त गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको छ ।
सम्बन्धित
















मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया