हिमालयन रि इन्स्योरेन्सको आइपीओमा आवेदन दिने म्याद थप

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपिएको छ । कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणका लागि निष्काशसन तथा बिक्री खुला गरेको आईपीओ ढिलोमा पुस ११ गते बन्द हुनेछ ।
तथापी, कम्पनीले आवश्यक संख्यामा आवेदन प्राप्त भएको खण्डमा भने सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्कासन खुल्ला भएको ४ कार्यदिन पश्चात् कुनै पनि दिन निष्कासन तथा बिक्री बन्द गरिने सूचनामा उल्लेख गरेको छ ।
यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब रुपैयाँ० बराबर प्रतिशेयर १०० रुपैयाँ अंकित दरका तीन करोड कित्ता साधारण शेयरमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति शेयर २०६ अंकित मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँ सर्वसाधारणका लागि छुट्याएको छ ।
सो मध्येबाट दुई प्रतिशत अर्थात ६ लाख कित्ता शेयर कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरी १० प्रतिशत अर्थात् ३० लाख कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीलाई र ५ प्रतिशत अर्थात् १५ लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिसकेको छ ।
कम्पनीले अब बाँकी रहेको २ करोड ४९ लाख कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको हो । १०० अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरि प्रतिशेयर २०६ रुपैयाँका दरले शत्प्रतिशत भुक्तानी माग गरिएको कम्पनीको यस शेयरमा न्यूनतम १० कित्ता र अधिकतममा ३ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया