कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा बसले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ, भने भए जना घाईते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा म१ख ९३५२ नम्बरको बसले पछाडिबाट सुपप्र०१००९ प१२०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–२ बन्साहकी ३९ वर्षीया भागरथी अवस्थीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घटना आइतवार बिहानको हो । पहाड घर बैतडी जिल्लाको सिगास गाउँपालिका –९ गन्सुर घर भएकी भागरथी अवस्थी केहि दिन यता भतिजीको विहेको लागी आफ्ना श्रीमान शिवराज अवस्थी सँग कञ्चनपुर आएकी थिईन् । आईतबार विहे सक्काएर घर फर्कने क्रममा उनका श्रीमानले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिएपछि गम्भिर घाईते भएकी उनको उपचारका क्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा मृत्यु भएको हो । बसको ठक्करबाट मृतकका श्रीमान शिवराज र १३ वर्षीय छोरा बालकृष्ण अवस्थी घाइते भएका थिए । उनीहरु दुबै जनाको उपचार पछि डिस्चार्ज भएपनि भागरथीको भने मृत्यु भएको हो ।
भागरथीको मृत्युको खबरले गन्सुर गाँउनै अहिले सोकमा डुबेको छ । मृतकका दुई छोरी र दुई छोरा रहेका छन् ।
घटना पछि बस र बसका चालक ३२ वर्षीय नरेन्द्रसिंह भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
















अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
महाशिवरात्रि पर्वलाई सभ्य र भव्य बनाउन यस्ताे छ तयारी
परराष्ट्र मन्त्री र अर्थमन्त्रीसँग कतारी प्रतिनिधि मण्डलको भेटवार्ता
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्वतयारीविनाका आयोजनाका कारण खर्च अनुमान घट्यो : अर्थमन्त्री
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया