अमेरिकी ‘डिजिटल ट्विन टेक’ प्रविधि नेपालमा

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ले नेपालमा प्रवेश गरेकाे छ । आइतबार नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा साे कम्पनिले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी आफ्ना प्रवाविधिक विकास तथा कार्यक्रमबारे जानकारी गराएकाे हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताएका छन् ।
उनले उद्योग, कृषि, सडक, रेल, सुरुङ निर्माणमा प्रविधिको प्रयोग आवश्यक भएको बताए । उनले परियोजना विकास र अनुगमनका लागि प्रविधिको सहयोगले समय र खर्च कम लाग्नुका साथै मानवीय जीवनसमेत जोखिमबाट जोगिने जनाए ।
डिजिटल ट्विन टेकका सिइओ रोबर्ट रक्किले नेपालजस्तो भौगोलिक बनावट भएको मुलुकमा यो प्रविधिको प्रयोग थप प्रभावकारी हुने बताए । उनले डिजिटल ट्विन टेकका निर्देशक अजय साहले यो प्रविधिको प्रयोगले नेपाललाई प्रविधिको क्षेत्रमा ठुलो योगदान दिने विश्वास व्यक्त गरे ।
महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणमा नवीन प्रविधिलाई प्रयोगमा ल्याउन उद्यमी–व्यवसायीले सक्रिय भूमिका निर्वाह गर्ने बताए ।
प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्य, उद्यमी डा उपेन्द्र महतोलगायत सहभागी कार्यक्रममा ‘डिजिटल ट्विन टेक’ नेपालका प्रमुख अध्यक्ष डिबी चन्दले उक्त प्रविधिबारे जानकारी दिए ।











युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया