अमेरिकी ‘डिजिटल ट्विन टेक’ प्रविधि नेपालमा

काठमाडौँ । कृत्रिम बौद्धिकता (एआई) मा आधारित अमेरिकी कम्पनी ‘डिजिटल ट्विन टेक’ले नेपालमा प्रवेश गरेकाे छ । आइतबार नेपाल निर्माण व्यवसायी महासङ्घको सहकार्यमा साे कम्पनिले काठमाडाैंमा एक कार्यक्रमकाे आयाेजना गरी आफ्ना प्रवाविधिक विकास तथा कार्यक्रमबारे जानकारी गराएकाे हाे ।
कार्यक्रमकाे उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वाधार विकासलाई प्रविधिमैत्री बनाउन सकिए बजेट र समयको बचत हुनाका साथै जीवनयापनसमेत सहज हुने बताएका छन् ।
उनले उद्योग, कृषि, सडक, रेल, सुरुङ निर्माणमा प्रविधिको प्रयोग आवश्यक भएको बताए । उनले परियोजना विकास र अनुगमनका लागि प्रविधिको सहयोगले समय र खर्च कम लाग्नुका साथै मानवीय जीवनसमेत जोखिमबाट जोगिने जनाए ।
डिजिटल ट्विन टेकका सिइओ रोबर्ट रक्किले नेपालजस्तो भौगोलिक बनावट भएको मुलुकमा यो प्रविधिको प्रयोग थप प्रभावकारी हुने बताए । उनले डिजिटल ट्विन टेकका निर्देशक अजय साहले यो प्रविधिको प्रयोगले नेपाललाई प्रविधिको क्षेत्रमा ठुलो योगदान दिने विश्वास व्यक्त गरे ।
महासङ्घका अध्यक्ष रवि सिंहले पूर्वाधार निर्माणमा नवीन प्रविधिलाई प्रयोगमा ल्याउन उद्यमी–व्यवसायीले सक्रिय भूमिका निर्वाह गर्ने बताए ।
प्रधानमन्त्रीका प्रशासनिक सल्लाहकार रामदीप आचार्य, उद्यमी डा उपेन्द्र महतोलगायत सहभागी कार्यक्रममा ‘डिजिटल ट्विन टेक’ नेपालका प्रमुख अध्यक्ष डिबी चन्दले उक्त प्रविधिबारे जानकारी दिए ।



















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
प्रतिक्रिया