शनिबार, वैशाख २६, २०८३

एनसेल प्रकरणबारे जवाफ दिन राज्य व्यवस्था समितिमा पुगे प्रधानमन्त्री

मेरोन्यूज २०८० पुष ३ गते ११:५२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे छलफल गर्न प्रधानमन्त्री त्यहाँ पुगेका हुन् ।

Advertisement
NiccNicc

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदैछ ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएपछि संसदको समितिमा पहिलो पटक गएका हुन् ।

एनसेलकै बारेमा छलफल गर्न संसदको राज्य ब्यवस्था समितिसहित अर्थ समिति र लेखा समितिले पनि प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया