बुधबार, माघ २८, २०८२

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मेरोन्यूज २०८० पुष ४ गते ८:०१

धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–१ स्थित जंगल रिसोर्ट नजिकै सुपप्र ०१०१० प ५०७० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा मोटरसाइकल चालक घोडाघोडी नगरपालिका–२ विशाल चोक बस्ने अन्दाजी ३० वर्षीय भोजबहादुर शाहीको मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा धनगढीको निसर्ग अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया