मन्त्रिपरिषद् बैठक सिंहदरबारको नयाँ कक्षमा बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनमा बस्न लागेको हो ।अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै सोही भवनबाट सञ्चालित छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार बैठक बिहान ११ बजे बस्ने भएकाे छ । भू-कम्पले क्षति पुर्याएको सिंहदरबारको मूल भवनलाई सहरी विकास मन्त्रालयले रेट्रो फिटिङ गरी पुर्ननिर्माण गरेको हो ।
बुधबारको मन्त्रिपरिषद् बैठक पनि सोही भवनको बैठक कक्षमा बस्न लागेको हो । बिहान १० बजे प्रधानमन्त्री प्रचण्डले पनुनिर्माण गरी तयार भएको बैठक कक्षको अवलोकन गर्ने र लगत्तै सोही बैठक कक्षमा मन्त्रिपरिषद्को बैठक बस्ने सहरी विकासमन्त्री सीता गुरूङले जानकारी दिइन् ।
यसअघि कार्यकक्ष सारेपछि प्रधानमन्त्री दाहालले १२० वर्ष पुरानो भवनको मूल संरचनालाई जस्तो त्यस्तै राखेर भूकम्पबाट भएको क्षतिको रेट्रोफिटिङ गरिएको भन्दै अब त्यहाँ बसेर काम गर्दा जोस जाँगर आउने बताएका थिए ।
















१५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय
कारागार कार्यालय चितवनबाट फरार भारतीय कैदी पक्राउ
साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
Gold, silver prices go up
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया