जबरजस्ती विवाह गराएकाे आरोपमा बेहुलासहित पाँच जना पक्राउ

नवलपुर । नवलपुरमा १६ वर्षीया बालिकाको जबर्जस्ती बालविवाह गराएकाे आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका छन् ।
नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नम्बर १० मगरकोटका ४० वर्षीय पुरुषसँग १६ वर्षीया बालिकाको जबर्जस्ती विवाह गराएको आरोपमा बेहुलासहित पाँच जना पक्राउ परेका हुन् ।
बालविवाह भएको भन्ने सूचना पाउनासाथ विवाह गर्ने र गराउने ५ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको नवलपुरका प्रहरी निरीक्षक साजन शर्माले बताए ।
उनका अनुसार बालिकाको भाउजूले उजुरी दिएकी थिइन् ,उजुरीमा मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डेर मर्ने भन्दै विवाह गर्न दबाब दिएकाे उल्लेख गरिएकाे छ ।
उनीहरूलाई मुलुकी फौजदारी अपराधसंहिता २०७४ को दफा १७३ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक शर्माले बताए । उक्त दफाअनुसार जबर्जस्ती बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपियाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ ।
















कस्ताे रहला आज दिनभरकाे माैसम ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
बुधबार यी राशिहरूकाे भाग्य शुभ छ, हेर्नुहोस् राशिफल
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
फागुन ३ देखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
प्रतिक्रिया