छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ ।
प्युठान, प्युठान नगरपालिका(३ सारिवाङमा आरनेटाबाट क्वाडीतर्फ जाँदै गरेको रा.१ च २१८८ नम्बरको ट्याक्टर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका सहचालक पाल्पा रम्भा गाउँपालिका-४ धाम बस्ने डम्मर बहादुर सुनारी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका ट्याक्टरका चालकलाई थप उपचारको लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको छ ।
सर्लाही, लालबन्दी नगरपालिका-१ स्थित सडकमा प्र.२-०४-००१ क ००१४ नम्बरको मिनिट्रकको ठक्करबाट साइकलयात्री हरिपुर नगरपालिका-७ चिताइन बस्ने ५० वर्षीय रुदल कुँवरको मंगलबार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
कुखुरामा देखियाे इकोलाईको समस्या
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन विभागको पहल
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
फेरि तीन लाख नाघ्यो सुनको मूल्य
थाइल्यान्डमा त्रिपक्षीय चुनावी प्रतिस्पर्धा
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
प्रतिक्रिया