बुधबार, माघ २८, २०८२

सशस्त्र प्रहरीद्वारा ३१ लाख बराबरको सामान बरामद

मेरोन्यूज २०८० पुष ४ गते १४:१९

रौतहट । रौतहटमा सशस्त्र प्रहरीले अवैध रुपमा ल्याईएको ३१ लाख बराबारको सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल रौतहट र वाराको टोलिले सिमावर्ति ईलाकाहरु सुरक्षा कारवाहि गर्दा अवैध रुपमा जम्मा गरी राखेको सामानहरु फेला परेका हुन् ।

बरामद गरिएका लत्ताकपडाहरु भन्सार कार्यालयमा बुझाउँदा जम्मा मुल्य रु ३०,२१,४००(तीस लाख एक्काईस हजार चार सय) बरारबको रहेको पाईएको छ । उक्त सामानमा संलग्न व्याक्तिको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया