धनुषामा हिरासतमै एकजनाको मृत्यु भएपछि स्थानीय आन्दाेलित, प्रहरीले चलायाे गाेली
मेरोन्यूज
२०८० पुष ६ गते १२:२८

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमाध रहेका एक थुनुवाको मृत्यु भएको छ। स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो ।
प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् ।
स्थानीयले प्रहरी चौकी तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले ढुंगामुढासमेत गरेका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ ।
प्रहरीको गोली लागेर प्रदर्शनकारी शिवशंकर मण्डल घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार चोरीको विषयमा स्थानीय दुई पक्षबिच झडप भएको थियो । सोही झडपका क्रममा घाइते भएका स्थानीय दीपनारायण मण्डलको उपचारका क्रममा राति मृत्यु भएको हो ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
सम्बन्धित















बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास
नेपालगन्जमा कारको ठक्करबाट बालकको मृत्यु
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
तीन दिनपछि खुल्यो बिपी राजमार्ग
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
प्रतिक्रिया