कोरियन भाषा परीक्षामा आवेदन दिने अहिलेसम्मकै बढी

काठमाडौं । कोरियन भाषा परीक्षा (इपीएस) को लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ।
वैदेशिक रोजगार विभागकाे इपिएस शाखाका अनुसार शुक्रबारसम्म एक लाख २५ हजारभन्दा धेरैले फारम भरेका हुन् ।
यही पुस २ गतेदेखि इपिएसको लागि फारम खुला भएको थियो । शुक्रबार राति १२ बजेसम्म आवेदन दिने अन्तिम समय रहेको छ ।
तोकिएको अवधिभित्रमा आवेदन दिनेको संख्या दुई लाखसम्म पुग्ने इपिएस शाखाको अनुमान छ ।
गएको साउनमा पानी जहाज निर्माणसम्बन्धि कामको लागि इपिएस परीक्षामा आवेदन दिएर अनुत्तीर्ण भएकाहरूलाई यसपटकको परिक्षामा सहभागि नगर्ने गरी आवेदन खुलाइएको थियो।
तर अनुत्तीर्ण भएका १८ जनाले यस निर्णयमा असहमती जनाउँदै उच्च अदालत पुगेका थिए। अदालतले जहाज निर्माणसम्बन्धि परिक्षामा अनुत्तीर्ण भएकाहरूलाई पनि यसपटकको भाषा परीक्षामा सामेल गराउन आदेश दिएको थियो ।
दक्षिण कोरिया सरकारले सन् २०२४ का लागि उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि नेपालबाट १५ हजार ८ सय ४८ जनाका लागि आवेदन खुलाएको हो।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया