शुक्रबार, वैशाख २५, २०८३

मलाई खोया प्रहार हुनु पहिलानै न्युज त ड्राफ्ट भैसकेको थियो : लामिछाने

मेरोन्यूज २०८० पुष ७ गते २०:४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको भएता पनि प्रहरीले उनको परिचय सार्वजनिक गरेको छैन ।

Advertisement
NiccNicc

लामिछानेले खोया प्रहार गर्ने व्यक्तिका विषयमा कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापालाई फोन गरेर जानकारी लिएका छन् । एसपी थापाका अनुसार पक्राउ पर्ने व्यक्ति लमजुङका बासिन्दा रहेको खुल्न आएको छ ।

प्रहरीले लामीछानेलाई उनी लमजुङको राइनास नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्ण रानाभाटका आफन्त भएको पत्ता लागेको बताएका छन् ।

यसैबीच लामिछानेले नियाेजितरूपमा आफ्नाेविरूद्ध प्रचारवाजी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै कान्तिपुरमा प्रकाशित समाचारप्रति कडा प्रतिक्रिया जनाएका हुन् । म माथि खाेया प्रहार गर्नु अगाडि नै न्युज त प्लान बनाउदै ड्राफ्ट भैसकेको थियाे, उनले दाबी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेकाे स्टाटस यस्ताे छ ।

प्रतिक्रिया