सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट, श्रीमानसहित ७ जना पक्राउ
मेरोन्यूज
२०८० पुष १० गते १३:२३

सिन्धुली । सिन्धुलीमा बिजुलीको पोलमा बाँधेर एक महिलालाई निर्घात कुटपिट गरिएको छ ।
कमलामाई नगरपालिका–४ ढकाल गाउँकी शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।
प्रहरी घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो। गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए।
यस घटनापछि प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। शारदाका श्रीमान सन्तोष थापासहित अन्य स्थानीयहरू पक्राउ परेका हुन्। प्रहरीले हालसम्म उनीहरुको नाम सार्वजनिक गरेको छैन । थप केही व्यक्ति छानबिनको दायरामा रहेकाले उनीहरुको विवरण नखुलाइएको प्रहरीकाे भनाइ छ ।
उनीहरूलाई म्याद थप गरी विस्तृतमा अनुसन्धान गर्ने तयारी रहेको प्रहरीले जनाएकाे छ।
सम्बन्धित















घरमै राहदानी पुर्याउन तयार छन् ‘हल्कारा’
कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया