शुक्रबार, वैशाख २५, २०८३

बालकुमारी घटनाप्रति सरकार : मन्त्रीको गाडी जलाइनु अराजकता

मेरोन्यूज २०८० पुष १३ गते १८:२४

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले मुलुकमा विधिको शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको दोहो¥याउँदै कुनै पनि हालतमा अराजकता स्वीकार्य नहुने भएको बताएकी छन् ।

Advertisement
NiccNicc

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले अराजकता नियन्त्रण गर्नु सरकारको दायित्व भएको बताउँदै त्यसनिम्ति आवश्यक पलहकदमी लिएको उल्लेख गरिन्।

ललितपुरको बालकुमारीमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसवार गाडीमाथि भएको आगजनी र त्यसमा परी एक जनाको मृत्यु भएकपछि सरकारका प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन् । “जे घटना भयो, त्यो दुःखद् भयो, आफ्ना असन्तुष्टि शान्तिपूर्वक प्रस्तुत गर्न पाइन्छ, सरकारप्रति असन्तुष्टि अभिव्यक्त गर्न पनि पाइन्छ, तर हिंसात्मक गतिविधि मान्य हुँदैन”, मन्त्री शर्माले भनिन् ।

प्रतिक्रिया