बिहीबार, वैशाख २४, २०८३

प्रधानमन्त्रीलाई भेट्न मृतकका परिवार पुगे बालुवाटार

मेरोन्यूज २०८० पुष १४ गते १८:५२

काठमाडौं । शुक्रबार ललितपुरको बालकूमारीमाज्यान गुमाएका परिवार बालुवाटार पुगेका छन् ।

Advertisement
NiccNicc

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रदर्शनमा मारिएका दुई युवाका परिवार बालुवाटार पुगेका हुन् ।

अहिले प्रधानमन्त्रीले मृतकका परिवारसँग कुराकानी गरिरहेको बालुवाटार स्रोतले बताएकाे छ ।

इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रर्दशनमा दैलेखका २१ वर्षीय सुजन र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

आजै सरकारले मृतकको परिवारलाई राहत स्वरुप जनही १‍०/ १० लाख दिने निर्णय गरेको छ

प्रतिक्रिया